ब्याजमा दिएको पैसा मागेपछी पुजारीको हत्या गर्ने दुई युवा पक्राउपछि सार्वजनिक
तपाईको प्रतिक्रिया





रौतहटको खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले नरेश राउत पटेल र बालकुमार पटेललाई सार्वजनिक गरेक गरेको छ। पुजारीले आफ्नो रकम फिर्ता मागेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
उनीहरुले कटुवा पेस्तोल प्रहार गरी पुजारीको हत्या गरेका थिए ।अनुसन्धानको क्रममा नरेश पटेलका बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको खुलेको छ ।
प्रहरीले घटनामा संग्लन अन्यको खोजी कार्य जारी रहेको जनाएको छ।
Related