पोखराको पार्कल्याण्ड अस्पतालकी नर्स र तालिमकेन्द्रका २० प्रहरीमा कोरोना संक्रमण
तपाईको प्रतिक्रिया





पोखरामा थपिएका कोरोना संक्रमित मध्ये २० जना नेपाल प्रहरीका तालिम केन्द्रमा कार्यरत र एक जना पार्कल्याण्ड अस्पतालमा कार्यरत नर्समा रहेका छन् ।
बुधबार पोखरामा थपिएका संक्रमितमा अमरसिंहचाेकमा रहेकेा पार्कल्याण्ड अस्पतालमा कार्यरत एक जना नर्समा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
त्यस्तै पाेखराकाे नेपाल प्रहीकाे तालिम केन्द्र शसस्त्र प्रहरी गणमा कार्यरत २० जना संक्रमित भएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दिएकार् जानकारी अनुसार पाेखराकाे वडा नम्बर १४ मा २ जना र १३ मा १ जना थपिएका छन् ।
त्यस्तै गण्डकी प्रदेशका तनहुँमा १ , लमजुङमा ४ र नवलपुरमा ७ जनालाई कोरोना पुष्टि भएको छ ।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको छ।
गण्डकी प्रदेशमा अहिले सम्म कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ।
Related