पोखरा क्षेत्रबाट विभिन्न अपराधमा संलग्न २८ ब्याक्ति पक्राउ
"सार्वजनिक अपराध मुद्धामा ३५० देखी पाँच हजारसम्म जरिवाना तोकी फरार "
तपाईको प्रतिक्रिया





कास्कीमा अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न थालेको छ।
प्रहरीले मंगलबार विभिन्न कसूरमा सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका २८ जनालाइ पक्राउ गरेको छ।
दण्डहिनता बिरुद्धको अभियान अन्तरगत कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासनको फैसलाले बिभिन्न मुद्धाहरुमा कैद र जरिवाना सजाय तोकी हाल सम्म फरार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेहरुमा स्याङजा कोल्मा स्थायी घर भई हाल पोखरा महानगरपालिका–२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्धामा एक वर्ष कैद सजाय र ५० जरिवाना तोकी हाल सम्म फरार रहेका बर्ष २१ को अनिल थापा मगर, पोखरा महानगरपालिका–१०
बैंङकिङ कसुर मुद्धामा सात दिन कैद सजाय र नौ लाख ४० हजार जरिवाना तोकी हाल सम्म फरार रहेका बर्ष ५३ को धिरज गुरुङलाइ रहेका छन् ।
त्यसैगरी सार्वजनिक अपराध मुद्धामा ३५० देखी पाँच हजारसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तरगत बिभिन्न स्थान बस्ने २६ जना प्रतिवादीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका सबै जनालाई जिल्ला अदालतमा पेश गरिएको उनले बताए ।
Related