बागलुङमा बढीको वितन्डा ; पहिरोले १७ जना बेपत्ता, २५ घर बगायो
"पहाडबाट ठुलो पहिरो खसेर कयौं गाउँहरुमा क्षती "
तपाईको प्रतिक्रिया





बागलुङको ढोरपाटन नगरपालिकामा गएराती भिषण पहिरो जाँदा कयौं मानिसहरु हराएका छन् ।
ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क बिहिन भएको र थप मानिसहरु हराएको हुनसक्ने स्थानीयले जानकारी दिए ।
ढोरपाटन उपत्यका प्रवेश गर्ने देउराली भुजीखोलाको मुहान देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं गाउँहरुमा क्षती पु¥याएको छ ।
पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको छन् ।
यस्तै, बाढीले लाकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्ड्मा १ घर बगाएको छभने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत बगाएको छ ।
साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
बुर्तिबाङबाट हिँडेको प्रहरी टोली घटनास्थल पुग्न सकेको छैन् । ‘प्रहरी रातीनै मुभ भएको हो । ११ जनाको टोलि बाटोमा छ घटनास्थल पुग्न सकेको छैन/
Related