पोखरामा उपचारका क्रममा कोरोना संक्रमित ३७ वर्षिय पुरुषको मृत्यु
"पोखरा ६ का ३७ वर्षे पुरुषको मृत्यु "
तपाईको प्रतिक्रिया





पोखरामा थप १ संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा ६ का ३७ वर्षे पुरुषको मृत्यु भएको हो ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले विहिबार विहान रिफर भएर आएका पोखरा महानगरपालिका ६ का ३७ बर्षिय पुरुषको उपचराका क्रममा साँझ ५. ५० बजे उपचारको क्रममा मृत्यु भएको बताए।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु हुने उनी आठौं ब्याक्ति भएको आचार्यले बताए।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २,गोरखा २,तनहुँ ३ म्याग्दी र बागलुङमा १।१ जना रहेका छन् ।
गण्डकी प्रदेशमा संक्रमण मुक्त भएर १ हजार ६ सय ६५ जना घर फर्किएका छन् । प्रदेशमा संक्रमितको संख्या २ हजार ३ सय ०८ पुगेको छ।
Related