सुखदुखमा साथदिने श्रीमती ; जसले श्रीमानको हत्या गरेर डोकामा वोकेर शव जंगलमा लगेर फालिन
तपाईको प्रतिक्रिया





रुकुममा अनौठो घटना सार्वजनिक भएको छ । एक जना महिलाले आफ्नो श्रीमानको हत्या गरेर शव डोकोमा बोकेर लगी भिरवाट फालेको खुलेको छ ।
रुकुम बाफिकोट गाउँपालिका( १० की २२ वर्षीया अन्जना पुन बुढाले श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो ।
उनले घरायसी विवादका क्रममा लाठीले हानेर ३६ वर्षीय श्रीमान भीमबहादुर बुढाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक हरि वलीका अनुसार भदौ १० गते बेलुका ८ बजेतिर अन्जनाले घरभित्रै श्रीमानको हत्या गरेको खुलेको छ।
श्रीमानको निधन भएपछि उनले शव डोकोमा बोकेर टुटुरे भन्ने जंगलमा लगेर फालेको प्रहरी अनुसन्धानमा देखिएको छ।
भीमबहादुरको शव भदौ १४ गते बिहान ११ बजे स्थानीय टुटुरे भीरको जंगलमा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।
श्रीमान भदौ १० गते घरवाट हिडेको भन्दै प्रहरीलाई बताएकी थिइन् । आफुलाई कहाँ जान्छु भन्ने केही जानकारी नदिई श्रीमान घरवाट हिडेको भन्दै उनले प्रहरी समक्ष वयान दिएकी थिइन् ।
तर घटनाको अनुसन्धान गर्दै जाँदा उनीमाथि नै शंका उठेपछि प्रहरीले पक्राउ गरेको हो ।
त्यस पछि उनले वयान बदलेर आफुले श्रीमानको हत्या गरेको विस्कार गरेकी थिइन् । रक्सी खाएपछि विवाद बढेको र आवेशमा आएर लाठीले हान्दा श्रीमानको मृत्यु भएको उनले प्रहरीसंगको वयानमा बताएकीछन् ।
उनले श्रीमानको निधन भएपछि आफुले शव डोकोमा हालेर भीरवाट फालेको प्रहरीलाई बताएकी छन् ।
Related