• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /१८ भाद्र २०७७, बिहीबार ०८:३४ ,  प्रकाशीत
  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आज नयाँ कार्य, रोजगार वा नयाँ कामको अवसर मिल्ने छ । मान प्रतिष्ठामा बृद्धि होला ।

    आफन्तको प्रगतिमा मन रमाउनेछ । बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ/

    साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ ।

    शुभकार्यको चर्चा चल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ । पारिवारिक जीवनमा मतभेत रहनेछ/

    दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ शुभ अंक ३ रहेको छ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

    आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ ।

    पारीवारिक सहयोग बढ्ने छ,सट्टापट्टा, लेनदेनमा फाइदा हुनेछ, व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,शुभ अंक ४ रहेको छ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

    धर्म, कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि राम्रो हुनेछ । सानातिना कामको झमेला आउनसक्छ ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक १० रहेको छ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – धार्मिक आस्था बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

    मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।

    आर्थिक समस्या पर्ने छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आजको शुभ अंक ४ रहेको छ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ ।

    सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।

    आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

    तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ नयाँ कार्यको योजना बन्नेछ ।

    नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ७ रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला ।

    लगानी गर्नु उपलब्धीमूलक हुँदैन । पशुधन र जमिनबाट लाभ उठाउन सकिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ ।

    नयाँ कामको थालनी हुनेछ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आत्म–विश्वास बढ्नेछ ,काम गर्दा अपमानित हुनुपर्ला,तातो रिस गर्नाले काम बिग्रिनेछ,आजको शुभ अंक ९ रहेको छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

    जोश, जाँगर र हिम्मत बढ्ने छ ।

    बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।अपजस सहनु पर्ने हुनसक्छ,पेटको खराबीले स्वास्थ्य कमजोर रहला,गौ माताको पूजा गर्नाले सफलता पाइन्छ,शुभ अंक १ रहेको छ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत वढ्नेछ ।

    बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आफनतले सहयोग गर्नेछन् ।

    दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,बौद्धिक चिन्तनले आकर्षण गर्नेछ,आर्थिक समस्या पर्ने छ,शुभ अंक ५ रहेको छ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

    स्वास्थ तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

    मेलमिलापको भावना राम्रो हुनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,गुप्त रोगले सताउने छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ८ रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.