पोखरामा कोरोना सङ्क्रमण बढेपछि विभिन्न वडाका टोलहरू सील (सील गरिएको समय के गर्नहुन्छ त) हेर्नुहोस्
तपाईको प्रतिक्रिया





विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ भाइरसको प्रकोप समुदायस्तरमा देखा परेको भन्दै पोखरा महानगरपालिकाका १०, १२ र १३ नम्बर वडा सिल गर्ने निर्णय गरेको छ ।
केही टोलहरुमा कोरोना सक्रमण हुनेको सँख्या केही दिन यताबाट ह्वात्तै वढेको भन्दै सम्वन्धित वडाका अध्यक्षहरुले सिल गर्ने निर्णय गरेको एक सूचना मार्फत जानकारी दिएका हुन ।
कोरोना सक्रमण सुमदायस्तरमा देखिएको बताउँदै नियन्त्रण भन्दा वाहिर नजाओस भन्नका लागि सिल गर्ने निर्णय भएको वडा नं १३ का अध्यक्ष लेख वहादुर तामाङले बताए/
महानगरपालिकाको १०, १२ र १३ नम्बर वडाका वडाध्यक्षहरूले एक सूचनामा जारी गर्दै कोरोना नियन्त्रण बाहिर नजाओस् भन्दै शुक्रबार राति १२ बजेदेखि भदौ २६ गते राति १२ सम्मका लागि सिल गर्ने निर्णय गरेका हुन् ।
सिल गरिएका क्षेत्रहरुमा खाद्यान्न र तरकारी पसलहरु विहान ११ वजेबाट २ बजे सम्म खोल्न अनुमती दिइएको छ भने अत्यवश्यक सेवाका अन्य सेवाहरु भने सूचारु हुने सूचनामा उल्लेख गरिएको छ ।
तस्विर सुदर्शन रञ्जित
Related