• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लकडाउनमा १ सय ३३ गर्भवती तथा सुत्केरीको उद्धार

  •    शुभेच्छा न्यूज  /१९ भाद्र २०७७, शुक्रबार २०:१५ ,  प्रकाशीत
  • लकडाउन सुरु भएदेखि अहिलेसम्म देशभरबाट १ सय ३३ गर्भवती तथा सुत्केरीको उद्धार भएको छ ।

    हुम्ला, डोल्पा, अछाम, बाजुरा, धादिङ,दोलखा, खोटाङलगायत जिल्लाका गरी १ सय ३३ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई उद्धारसम्बन्धी समन्वय इकाई प्रमुख अञ्जु ढुंगानाले जानकारी दिनुभयो ।

    उद्धार गरिएकाहरुमध्ये २२ जना २० वर्षभन्दा कम उमेरका किशोरी छन् । स्वास्थ्य अवस्था जटिल भएका, यातायातको पहुँच नभएका, दुर्गम क्षेत्र र आर्थिक अवस्था कमजोर भएका गर्भवती तथा सुत्केरीको सरकारले उद्धार गर्दै आएको छ ।

    लामो समय सुत्केरी व्यथा लागेर बच्चा जन्माउन समस्या भएको, गर्भमा नै बच्चाको ज्यान गएको, गर्भवती अवस्थामा शरीर सुन्निएको,

    सुत्केरी भएपछि धेरै रगत बगेका, रक्तअल्पता भएका गर्भवती र स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीको उद्धारको काम हुँदै आएको छ ।

    सडक सञ्जालको पहुँच नपुगेका दुर्गम हिमाली तथा पहाडी ३० जिल्लामा पूर्ण र ४ जिल्लाका २० दुर्गम पालिकामा निःशुल्क हवाई उद्धार हुँदै आएको छ ।

    नेपालमा घरमा नै सुत्केरी हुँदा स्वास्थ्य जटिलता भएर ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि छ । ‘गर्भवती तथा सुत्केरी हुँदा समस्यामा परेकाहरुका लागि बेलैमा उद्धार गर्न सके उनीहरुको ज्यान जोगाउन सकिन्छ।

    ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि २०७५ सालदेखि यो कार्यक्रम लागू भएको भए पनि उद्धारको काम भने वि.सं. २०७६ साउन १ गतेदेखि सुरु भएको हो ।

    उज्यालोबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.