• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारी गाडी दुरुपयोगको यो नमुना ; गुडिरहेको गाडीमा टिकटक बनाउने ‘मूर्ख’ चालक

  •    शुभेच्छा न्यूज  /२० भाद्र २०७७, शनिबार १८:१२ ,  प्रकाशीत
  • पहाडतिरको कच्ची सकडमा एक सरकारी गाडी गुडिरहेको हुन्छ । चालक एक्कासी गाडी बाहिर निस्कन्छन् ।

    तर गाडी गुडिरहन्छ । चालक गुडिरहेको गाडीको अगाडि बोनमा चढ्न खोजिरहेका हुन्छन् । गाडी सडकको डिलतिर गइसकेपछि उनी भित्र पस्छन् र आफ्नो सिटमा बसेर नियन्त्रणमा लिन्छन् । अगाडि कसैले भिडियो खिचिरहेको हुन्छ ।

    ००१ झ ००९१ नम्बरको सरकारी प्रयोग गरी बनाइएको यो टिकटिक भिडियो अहिले निकै भाइरल भइहरेको छ।

    भिडियो हेरेर धेरले यो भिडियो बनाउने को होलान् ? कति मूर्ख काम गरेका ? धन्न दुर्घटना भएन ? जस्ता प्रश्न गरिरहेका छन् । त्यसरी सरकारी गाडीको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग पनि धेरैको छ ।

    यस टिकटकमा प्रयोग भएको सरकारी गाडीको पहिचान भएको छ । यो कालिकोटको शुभकालिका गाँउपालिकाले प्रयोग गर्दै आएको गाडी रहेको खुलेको छ । टिकटक बनाउने युवा सोही गाडीका चालक उमेश धिताल हुन् ।

    यो भिडियो भिडियो सार्वजनिक भएपछि गाउँपालिकाले चालकलाई यसबारे स्पष्टिकरण सोधेको थियो।

    ती चालकसँग सोधपुछ गर्दा आफूले गाडीमा टिकटक बनाएको र अबदेखि यस्तो गल्ती नगर्ने भनी माफी मागेको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए ।

    ‘मैले भिडियो हेरेपछि ड्राइभरलाई बोलाएर सम्झाएको छु । अब आइन्दा यस्तो गर्दिन भन्ने कुरा गर्नुभयो ।’ अध्यक्ष चौलागाईले भने–‘चालक स्थानीय भएकाले एकै गल्तीमा जागिरबाट हटाउनु भएन् ।’

    गल्ती यस्ता गल्ती दोहोर्‍याए कारबाही गर्ने उनले बताए ।

     

    अन्नपूर्णपोष्ट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.