प्रहरीद्धारा १० हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट शुभेच्छा न्यूज /२१ भाद्र २०७७, आईतवार १५:१९ , प्रकाशीत प्रहरीले १० हजार लिटरभन्दा बढी अवैध रुपमा बनाएर राखिएको घरेलु मदिरा नष्ट गरेको छ । सर्लाहीको बसबारिया गाँउपालिका–१ र धनकौल गाँउपालिकाका–३ का ४ घरबाट अवैध रुपमा बनाएर राखिएको घरेलु मदिरा नष्ट गरिएको हो । त्यसरीनै मदिरा उत्पादन गर्न प्रयोग हुने विभिन्न कच्चा पर्दार्थसमेत प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवा प्रमुख डीएसपी उद्धवसिंह भाटको नेतृत्वमा खटिएको प्रहरीले आइतबार बिहानै उक्त मदिरा नष्ट गरेको हो । मदिरा निषेधित क्षेत्र घोषाणा गरिको भएपनि उनीहरुले मदिरा उत्पादन गर्ने गरेको गुनासो स्थानीयले गरेपछि चेकजाँच गरेर मदिरा नष्ट गरिएको डीएसपी भाटले बताए । अवैध मदिरा निर्माण गर्ने चन्देश्वर चौधरी, झरिलाल चौधरी, विनोद सहनी र मनोज चौधरीलाइ नियन्त्रणमा लिएको डीएसपी भाटको भनाइ छ । तस्विर फइलतस्विर Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
प्रहरीले १० हजार लिटरभन्दा बढी अवैध रुपमा बनाएर राखिएको घरेलु मदिरा नष्ट गरेको छ ।
सर्लाहीको बसबारिया गाँउपालिका–१ र धनकौल गाँउपालिकाका–३ का ४ घरबाट अवैध रुपमा बनाएर राखिएको घरेलु मदिरा नष्ट गरिएको हो ।
त्यसरीनै मदिरा उत्पादन गर्न प्रयोग हुने विभिन्न कच्चा पर्दार्थसमेत प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बरहथवा प्रमुख डीएसपी उद्धवसिंह भाटको नेतृत्वमा खटिएको प्रहरीले आइतबार बिहानै उक्त मदिरा नष्ट गरेको हो ।
मदिरा निषेधित क्षेत्र घोषाणा गरिको भएपनि उनीहरुले मदिरा उत्पादन गर्ने गरेको गुनासो स्थानीयले गरेपछि चेकजाँच गरेर मदिरा नष्ट गरिएको डीएसपी भाटले बताए ।
अवैध मदिरा निर्माण गर्ने चन्देश्वर चौधरी, झरिलाल चौधरी, विनोद सहनी र मनोज चौधरीलाइ नियन्त्रणमा लिएको डीएसपी भाटको भनाइ छ ।
तस्विर फइलतस्विर
Related