गण्डकीमा थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमितको संख्या २ हजार ५ सय १६
"१ हजार ७ सय ६६ जना निको भएर घर फर्किए "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना पुष्टि भएको छ ।
स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका ७, बागलुङका ३, लमजुङका २ र गोरखाका २ ज नामा संक्रमण देखिएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १६ पुगेको छ । तीमध्ये १७ सय ६६ जना संक्रमण मुक्त भएका छन्।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ५ सय १६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, गोरखा २, तनहुँ ३ म्याग्दी र बागलुङमा १।१ जना रहेका छन् ।
Related