आइसोलेसनमा कोरोना संक्रमितको संख्या न्यून हुँदै गएका बेला स्याङ्जामा फेरी कोरोना संक्रमित थपिएका छन्।
थपिएका मध्ये अधिकांश समूहमा बसेर तास खेल्नेहरु छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा मात्र आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये एक महिला हुन भने २१ पुरुष हुन।।
थपिने मध्येमा १९ जना तास खेल्नेहरु, दुईजना विदेशबाट आइ क्वारेन्टाइनमा बसेका र एक सरकारी कर्मचारी रहेको नगर स्वास्थ्य प्रमुख बिष्णु काफलेले जानकारी दिए।
यसैसाता, प्रहरीले छुट्टाछुट्टै २ खालमा बसेर तास खेल्दै गरेका अवस्थामा पक्राउ परेका युवाहरुलाई दुई दिनपछि क्वारेन्टाइनमा राखेको थियो।
यसरी पक्राउ पर्ने २२ जना थिए। अन्य ३ जनामा भने कोरोना संक्रमण नेगेटिभ देखिएको बताइएको छ।
भारत र मलेसियाबाट फर्केका २ जना पनि क्वारेन्टाइनमा बसेका मध्येका हुन भने एकजना सरकारी कर्मचारी जिल्ला अस्पताल स्याङ्जामा उपचारमा क्रममा गएका बेला पीसीआर परीक्षण गराउदा पोजिटिभ देखिएको प्रमुख काफ्लेले भने।
योसँगै स्याङ्जामा कोरोना संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ।
आइसोलेसनमा बस्नेको संख्या २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए।

Related