पोखरा फुड्समा कार्यरत ठुलोसंख्याका कामदारमा कोरोना संक्रमण
"संक्रमितको संख्या २ हजार ५ सय ९८ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भइसरको संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा ४ जिल्लामा ६७ जनामा कोरोना संक्रमण भेटिएको हो।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले कास्कीको पोखरामा ३१, नवलपुरमा १५, गोरखामा १८ र तनहुँमा ३ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
निर्देशक डा. शर्माका अनुसार पोखरा महानगरपालिकामा ३१ जनामा कारोना भइरस संक्रमण पुष्टि भएका छ। त्यस मध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदार २५ जना छन् ।
पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुषलाई पनि कोरोना भएको छ।पोखरा फुड्समा यसअघि ३४ जना कामदारमा कोरोना संक्रमण देखिएको थियो ।
यो सहित पोखराको औद्योगिक क्षेत्रमा रहेको उद्योग पोखरा फुड्स प्रालिमा कार्यरत ५९ जना मजदुर कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
३ दिन अघि परिक्षणको परिक्षण नतिजामा ३४ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार विहान आएको परिक्षण नतिजामा थप मजदुर कर्मचारी संक्रमित पाइएका हुन् ।
आज थपिएका पोखराका ३१ जना संक्रमित मध्ये २५ जना पोखरा फुड्समै कार्यरत मजदुर र कर्मचारी हुन् ।
यी सबै बिष्कुट फ्याक्ट्रीमा कार्यरत मजदुर कर्मचारी हुन् ।उनीहरुलाई संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङका आधारमा परिक्षण गर्दा अन्य कामदारमा समेत कोरोना संक्रमण देखिएको हो ।
पोखरामा पहिलो पटक एउटै ठाउँमा ठुलो संख्यामा संक्रमण देखिएको पहिलो पटक हो।त्यसैगरि पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ।
पोखराको पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी र २ जना महिला सहयोगी कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।
नवलपुर देबचुली १२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि कोरोना भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै गोरखा सदमुकाम र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको ब्यास नगरपालिकामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशक डा.शर्माले बताए । संक्रमित सबैलाई सम्वन्धित जिल्लाको आइशोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए ।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, गोरखा ३, तनहुँ ३ म्याग्दी,नवलपरासी, लमजुङ र बागलुङमा १।१ जना रहेका छन् । प्रदेशमा मध्ये १ हजार ७ सय ६६ जना निको भएर घर फर्किएका छन् ।
Related