थप ९७९ जनामा कोरोना पुष्टि,१७१ जना संक्रमितको आइसियूमा उपचार
"१७१ जना संक्रमितको आइसियूमा उपचार "
तपाईको प्रतिक्रिया





नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। नेपालमा कोरोना १ हजार ७ सय ३६ जनाले कोरोना जितेका छन्। यो सगैँ डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।
हाल क्वारेन्टाइनमा ४ हजार ७ सय ३९ जना रहेका छन् । होम आइसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहेका छन् ।
१७१ जना संक्रमितको आइसियूमा उपचार भइरहको छ/ २० जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।
Related