• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पृथ्वीराजमार्गले असोजबाट लामो दूरीका बस सवारी सञ्चालनमा ल्याउने

  •    शुभेच्छा न्यूज  /२४ भाद्र २०७७, बुधबार २१:५० ,  प्रकाशीत
  • पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडले असोज १ गतदेखि आफ्ना सवारी सञ्चालनमा ल्याउन तयारी थालेको छ ।

    सार्वजनिक यातायात सञ्चालनको माग राखेर देशव्यापी रुपमा विरोध भइरहँदा कम्पनीले यस्तो निर्णय लिएको हो । पृथ्वी राजमार्गले लामो दूरीका बस संचालन गर्छ ।

    पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले असोजबाट सरकारले सार्वजनिक यातायात सञ्चालनको लागि अनुमति नदिए पनि सवारी सञ्चालनमा ल्याएरै छाड्ने बताए । ‘हाम्रो स्पष्ट कुरा,असोज १ गतेदेखि गाडी निकाल्छौं ।

    सरकारले नचला भने पनि हामी गाडी चलाउँछौं । उच्च सुरक्षा सर्तकता अपनाएर गाडी चलाउँछौं’, उनले भने, ‘सरकारले रोकेर हामी रोकिनेवाला छैनौं ।’

    अध्यक्ष केसीले सरकारले आफूहरुमाथि कारबाही थाले पनि त्यसको भागिदार बन्न तयार रहेको बताए । कुनै पनि हालतमा निर्णयबाट पछि नहट्ने उनको अडान छ ।

    बैंक तथा वित्तीय संस्थाको बारेमा पनि स्पष्ट नीति नल्याउँदा यातायात मजदुरहरु भोकै मर्नुपर्ने अवस्था आएको उनको जिकिर थियो ।

    सरकारले आफूहरुमाथि लगाएको बन्देजको भद्र तरिकाले अवज्ञा गर्ने उनले बताए । उनले पूर्ण रुपमा सुरक्षा सर्तकता अपनाएर यातायात सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए ।

    दुई वटा सिटमा एक जना मात्रै यात्रु राखेर सवारी सञ्चालनमा ल्याउने उनले सुनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.