गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पताल चितवनमा उपचाररत नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि खोकीसहित श्वासप्रश्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पताल कोभिड सघन उपचार कक्षमा भर्ना भएका उनको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

Related