पोखरामा सामुदायिक अस्पतालकी नर्ससहित उपचाररत विरामी र प्रहरीमा कोरोना संक्रमण
"अस्पतालकी नर्ससहित उपचाररत विरामी र प्रहरीमा कोरोना संक्रमण "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा एक स्टाफ नर्स र प्रहरी सहित थप ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
पोखरा– १५ का २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालकी स्टाफ नर्स हुन् । पोखरा ३२ का ५० वर्षीय पुरुष उक्त अस्पतालमै कार्यरत हुन् ।
पोखरा १९का २३ वर्षीय पुरुष र पर्वतका २८ वर्षीय पुरुष पर्वतमा प्रहरी कार्यालयमा कार्यारत छन् ।थपिएका संक्रमितमा पोखराका १९ जना छन् ।
स्याङ्जाको पुतली बजारका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको बरेङमा ७ जना, गलकोट र जैमिनीमा एक/एक जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी तनहुँको भिमादमा तीन जना, पर्वतमा एक जना, नवलपुरको कावासोती चार जना र देवचुली नगरपालिकामा एक जना गरेर पाँच जनामा थप कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
बागलुङ जैमिनी कि ५१ वर्षीया महिला पोखराको फेवा सिटी अस्पतालमा उपचाररत रहेका र अरु संक्रमित विदेशबाट आएर क्वारेन्टाइनमा बसेका रहेको निर्देशक डा.शर्माले बताए ।
संक्रमण देखिएका अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेका र संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशक डा. शार्माले बताए।
गण्डकी प्रदेशमा हाल सम्म २ हजार ७ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा अहिले सम्म १ हजार ८ सय ६ जनामा निको भएर घरफर्किएका छन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका ८, स्याङ्जाका २, गोरखा ४, तनहुँ ३ नवलपुर ३, म्याग्दी, लमजुङ र बागलुङमा १।१ जना रहेका छन् ।
Related