विवाह भएको २ महिनामा माइत आउँछु भदै आमालाई फोन गरेकी छोरीको आयो मृत्युको खबर
तपाईको प्रतिक्रिया





दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको रहस्यमय निधन भए पछि माइती पक्षले घटना छानविनको माग गरेका छन् ।
युवतीको घर तर्फका परिवारले उनले देह त्याग गरेको बताएका छन् भने माइतीले त्यो कुरा मान्न तयार छैनन् ।
असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घटना भएु पछि माइती पक्षले छानविनको माग गरेका छन् ।
छोरीले सोही दिन आमालाई फोन गरेर आफु माइत आउन चाहेको बताएकी थिइन् । आमाले भनिन्, छोरीले फोन गरेर म आउँछु आमा भनि, मैले आइज नत भनेँ ।
उनले म देवरलाई लिएर आउँछु भनेर भनेकी थिई तर अचानक यस्तो घटना सुन्नु पर्यो । उनले छोरीको निधनका बारेमा उनका ससुरा र परिवारका सदस्यले शंस्कास्पद कुरा गरेको बताएका छन् ।
घटना भइसकेपछि पनि आफुहरुलाई त्यसबारे तत्काल जानकारी नदिएको उनीहरुको भनाई छ ।
घटना भएको २४ घण्टा बितिसक्दा पनि माइतीलाई खबर नगरेको उनीहरुले बताएका छन् । युवतीका श्रमिान सिंगापुरमै छन् ।
श्रीमतीको निधनको खबर सिंगापुर भएका ज्वाईले पनि नदिएको माइतीले बताएका छन् । एक जना आफन्तलाई त्यसबारे जानकारी दिएपछि मात्र माइती घरमा पुगेका थिए ।
युवती र युवकको एक अर्कामा प्रेम भएका कारण परिवारको राजिखुसीमै मागेर विवाह भएको थियो ।
तर विवाह भएको केही दिन पछि नै श्रीमानले श्रीमतीलाई अब तिमीसंग संगै बस्न सक्दिन सम्बन्ध विच्छेद गरौं भन्दै सिंगापुरवाट फोन र म्यासेजमा भन्न थाले ।
यता परिवारमा पनि अमाजुले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर भन्दै दवाव दिएको माइती पक्षको आरोप छ ।
https://youtu.be/s2uzBAmkrOE
Related