• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दवावले भन्दा राजनैतिक आवश्यकताले पार्टी एकता ; इन्चार्ज करण

  •    शुभेच्छा न्यूज  /२७ भाद्र २०७७, शनिबार ०८:५४ ,  प्रकाशीत
  • नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्नपूर्ण गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भयो ।

    कोरोना महामारीलाई लक्षित गर्दै बिहीबार अन्नपूर्ण १ देखि ४ वडाबाट गाउँपालिका कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यहरुले मात्रै सपथ ग्रहण गरेकोमा शुक्रवार ५ देखि ११ वडाबाट प्रतिनिधित्व गर्ने सदस्यले सपथ खाएका हुन् ।

    शुक्रबार नयाँपुलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज राजकाजी गुरुङ करणले पार्टी एकतालाई मजबुत बनाउनुपर्ने बताए ।

    कसैको दवावले भन्दापनि राजनैतिक आवश्यकताले पार्टी एकता भएको स्पष्ट पार्दै इन्चार्ज करणले एकीकरणको मर्मलाई आत्मसाथ गर्न आग्रह समेत गरे ।

    केन्द्रीय सदस्य एवम् कास्की सहइन्चार्ज चुडामणि जंगलीले माक्र्सवाद तथा लेलिनवाद पार्टीको मुख्य सिद्घान्त रहेको अवगत गराए ।उनले पार्टी भित्रको आन्तरिक जनवादलाई व्यवस्थित गर्नुपर्ने तथा सिद्घान्त र व्यवहार मिलाउनुपर्ने तर्क समेत गरे ।

    त्यस्तै केन्द्रीय सदस्य श्रीनाथ बरालले पार्टी नीति, सिद्घान्त अनुसार चल्नुपर्नेमा जोड दिर्दै नेकपालाई असल कम्युनिष्ट पार्टी बनाउन कार्यकर्ता तहदेखि नै लाग्नुपर्ने भनाई राख।

    सो कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेल, प्रदेशसभा सदस्य राजीप पहारी, जिल्ला सदस्यद्वय दामोदर

    बैरागी र भीमबहादुर विक, पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेल, स्थानीय नेता बुद्घिमान् गुरुङलगायतले शुभकामना राखेका थिए ।

    उनीहरुले पार्टी एकताका अप्ठ्यारालाई सबैले बुझनुपर्ने, गुटबन्दी तोड्नुपर्ने, कम्युनिष्ट सिद्घान्त जीवनमा लागु गर्नुपर्ने, द्वन्दात्मक

    भौतिकवादमा विश्वास गर्नुपर्ने, जनप्रतिनिधि पार्टीको निर्देशन अनुसार चल्नुपर्ने, केन्द्रमा खवरदारी गरिरहनुपर्ने लगायतका धारणा
    राखेका थिए ।

    गाउँ कमिटि अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कमिटि सदस्य अर्जुन केसीले स्वागत तथा सचिव लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.