• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

श्रीमतीलाई अरुसंग सम्बन्ध राख्न लगाएर पैसा उठाउँने वर्जस्वाठ श्रीमान प्रहरी फन्दामा, यसरी वाहिरियो घट्ना

  •    शुभेच्छा न्यूज  /२७ भाद्र २०७७, शनिबार १९:३१ ,  प्रकाशीत
  • श्रीमान श्रीमतीको सम्बन्धमा कोही तेस्रो ब्यक्ति आयो भने सम्बन्ध विग्रन्छ ।

    तर तपाईले अनुमान लगाउन सक्नुहुन्छ कोही श्रीमानले पैसाको लागि श्रीमतीलाई अरुसंग सम्पर्क गर्न पठाउँछ ? यहा काभ्रेमा त्यस्तै जोडी पक्राउ परेका छन् ।

    आफ्नै श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर सम्पर्कका लागि तयार भए पछि रकम बार्गेनिङ्गर्ने र रकम नदिए ज्यान लिने योजना बनाएको घटना सार्वजनिक भएको छ ।

    प्रहरीले त्यस्तो काममा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती सहित ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य २ जना भने सम्पर्कमा र्छनन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी प्रमुख एसपी रवि पौडेलले सो घटनामा अनुसन्धान गरेका छन् ।

    काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका १८ बर्षिय आकाश परियार उनकै श्रीमती २१ बर्षिया सविना

    तामाङ परियार र रोशी गाउँपालिका वडा नम्वर १२ भिमखोरी माईती भई बनेपामा डेरा गरी बस्ने उमा परियारलाई प्रहरीले पक्राउ गरेको हो । उमाका श्रीमान र भाईलाई प्रहरीले खोजिरहेको छ ।

    २०७७ भदौ २४ गते राति ९ बजेको समयमा पाँचखाल नगरपालिका वडा नम्वर १२ घर भएका २२ बर्षिय राजकुमार दनुवारलाई अपहरणमा परेको घटना अनुसन्धान गर्दै जाँदा उनीहरुको यस्तो खेलका बारेमा पोल खुलेको हो ।

    ति युवकलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने ३, ४ जना युवाहरुको समुहले लिएर गएको सूचना प्रहरीलाई आएको थियो ।

    प्रहरीले राजकुमारलाई उद्धार गरेपछि घटनाको नयाँ पाटो खुलेको हो ।श्रीमानहरुकै योजनानामा उमा र सविनाले अन्य युवकसंग फोन र फेसवुकमा कुराकानी गर्ने गर्दथे ।

    युवकलाई सम्बन्धका लागि आफै उक्साउने र युवकहरु सम्बन्ध राख्न राजि भएपछि पैसा माग्ने काममा सकृय थिए । यस्तै योजनाका साथ राजकुमार र सविनाको मोवाईलबाट चिनजान भएको थियो ।

    म्यासेन्जर च्याटमा सविनाले नै राजकुमारलाई सम्बन्ध राख्ने प्रस्ताव राखिन् । उनले बोलाएपछि भाद्र २४ गते दिउसो राजकुमार घरबाट बनेपा आए । त्यसपछि सविनाले पैसाको बार्गेनिङ्ग गरिन् ।

    पैसामा कुरा मिलेपछि अरनिको राजमार्गको २८ किलोबाट उमा र सविना राजकुमारसँगै बुडोल माथी रहेको जं ग लमा पुगे । त्यस पछि उनीहरुकै योजना अनुसार उमाका श्रीमान घटनास्थलमा आए । अनि फेरी पैसाको वार्गेनिगं सुरु भयो ।

    डराएका राजकुमारलाई हाम्रो काम यस्तै हो अब पैसाले भनेरथर्काए । राजकुमारले ५० हजार दिन्छु भने तर एटिएममा पुगेपछि भने उनले पैसा भएर पनि मिलेन भन्दै फर्काए ।

    त्यस पछि उनले दाजुलाई पैसा लिएर आउन र आफु अपहरणमा परेको खवर गरे ।राजकुमारका दाजुले प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.