कोरोना भाइरस (कोभिड–१९) का कारण पोखरामा रगतको अभाव भईरहेका बेला बिरौटा क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले ब्लड ब्याग रक्तदातालाई दिएपछि रक्तदान कार्यक्रम शुभारम्भ भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले क्लवले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा प्रसांसा गरे ।
उनले पोखरामा कोरोना संक्रमणका कारण रगतको अभाब भइरहेको अवस्थामा क्लवले रक्तदान कार्यक्रमको आयोजना गरि मानविय कार्य गरेको बताए । उनले क्लवसंग सामाजिक कार्यका लागि सहकार्य गर्न वडा कार्यलय सधैं तयार गरेको बताए।
क्लवका सस्थापक अध्यक्ष खगराज आचार्यले समाजका विभिन्न बिकृती र विसंगती हटाउदै आदर्श समाज निर्माण गर्नका लागि क्लवको स्थापना गरिएको बताए ।
उनले क्लवले विगतदेखिनै विक्रिति र विसंगतिका विरुद्ध लड्दै समाजसेवाका विभिन्न कार्यहरु गर्दै आएको बताए ।
निलगिरी बचत तथा ऋण सहकारी संस्थाको प्रायजनमा भएको कार्यक्रमा डेभिडफल्स क्ललवका अध्यक्ष पुस्पराज बरालले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए।
कार्यक्रमका संयोजक पवित्रमणी पोखरेलले क्लवको बार्षिक कार्यतालिका अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।
उनले कोरोना संक्रमणका कारण रक्तदान कार्यक्रममा कमीहुदा पोखरामा रतगको अभाब भइरहेको अवस्थालाई मध्यनजगर्दै क्लवले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
रक्तदान कार्यक्रमा २५ युनिट रगत संकलन भएको संयोजक पोखरेलले जानकारी दिए ।कार्यक्रमको अध्यक्षता डिआर भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन शोभकान्त पौडेलले गरेका थिए।

Related