पर्वतमा चितुवाको आक्रमणबाट तीन जना घाइते,घाइतेको वेनी र पोखरामा उपचार हुदै
"घाइतेको वेनी र पोखरामा उपचार हुदै "
तपाईको प्रतिक्रिया





पर्वतको मोदी र जलजला गाउँपालिकामा चितुवाको आक्रमणबाट ती जना घाइते भएका छन ।
मोदी वडा नं १ भूकमा चितुवाको आक्रमणमा परि एक बृद्ध घाइते भएका भने जलजला गाउँपालिका ५ लेकफाँटको सुन्दर डाडामा दुई जना घाइते भएका छन ।
जंगलमा भैसी चराउन गएको बेला आइतबार बिहान १० चितुवाको आक्रमणमा परेर भूक देउरालीका ७४ बर्षिय बुद्धिबहादुर गुरुङ्ग घाइते हुनुभएको हो ।
त्यस्तै लेकफाँटमा शनिबार राती २ बजे घरमै बसेको अबस्थामा चितुवाले आक्रमण गर्दा ३३ बर्षिय नरबहादुर केसी र ४५ बर्षिय थलबहादुर खत्री घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घरबाट नजिक जंगलमा भैसी चराउन गुरुङ्गलाई एक्कासी बाँघले आक्रमण गर्दा गुरुङ्ग घाइते भएको हुनुभएको थियो ।
घाइते गुरुङ्गलाई कास्कीको नयाँपुल स्थित मेडिकलमा उपचार गरि थप उपचारका लागि पोखरा पठाइएको छ ।
यस्तै लेकफाँटमा घाइते भएका नरबहादुर केसी र थलबहादुर खत्रीलाई बेनी अस्पताल म्याग्दीमा उपचारका लागि लगिएकोमा खत्रीलाई डिस्र्चाज गरिएको छ भने केसीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Related