जुवाडे पक्राउ परेपछि कञ्चनपुरमा प्रहरीलाई कार्यालयमै पुगेर स्थानियले कुटेका छन् । जुवाडेलाई पक्राउ गरेको विषयमा भएको विवादका क्रममा स्थानियले प्रहरी कुटेका हुन् ।
स्थानीयले प्रहरी कार्यालयमै गएर इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहितका प्रहरीलाई कुटेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक मुकेश सिंहले घटनाको पुष्टि गर्दै घटनाको छानविन भइरहेको जनाएका छन् ।
इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक वकिल बहादुर सिंहसहितका प्रहरी कुटिएको सिंहले जनाएको छ ।
उनले घटनाको विषयमा छानबिन गर्न निर्देशन दिइएको समेत बताए।
तास खेलिरहेको अवस्थामा पुनर्वासका केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विवाद भएपछि प्रहरी कुटिएको जनाएका छन् ।

Related