• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेसबुकमा फेक आइडीबाट प्रेमको नाटक , पोखरा आउने क्रममा अपहरणमा परेको भन्दै प्रहरीमा हारगूहार

  •    शुभेच्छा न्यूज  /३० भाद्र २०७७, मंगलवार १३:३१ ,  प्रकाशीत
  • सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर फोटो । फेसबुकमा जोडिए नवलपरासीका युवा ।

    च्याटमा गफ शुरु भयो । फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटाले भिडियो कल गरौं भन्दा केटी मानिरहेकी थिइनन् । किनकी, उनी फेसबुकको प्रोफाइलमा राखेको फोटोजस्तो सुन्दर थिएनन् ।

    फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगञ्जमा व्यापार व्यवसाय गरेको फूर्ति लगाइरहिन्। केटा अझ आकर्षित हुँदै गए। भेट्ने कर गर्न थाले।

    केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु। त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’

    फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे। एक दिन केटी नेपालगञ्जबाट हिडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अपहरणमा परेको बताइन्।

    प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अपहरण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो।’

    घटना भदौ २६ गतेको थियो । बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन हुँदा नेपालगञ्ज नै देखाइरहेको थियो ।

    प्रहरीले भोलीपल्ट २७ गते नेपालगञ्जको फूल्टेक्रामा उनलाई भेटायो । बर्दियाबाट नेपालगञ्ज आएर बसेकी ३३ वर्षकी आशिक कुमारी चौधरीले यो सब नाटक गरेकी थिइन् । प्रहरीले केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताएकी छन् ।

    बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटना बाहिर ल्याएका हुन् ।

    प्रहरीले झुठो मुद्दा र गलत सूचना प्रवाह गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.