लकडाउनकै समयमा पोखरा विमानस्थलको ६३ प्रतिशत निर्माण कार्य सम्पन्न
"निर्धारित समयभन्दा ६ महिनाअघि नै काम सम्पन्न गर्ने लक्ष्य "
तपाईको प्रतिक्रिया





निर्माणाधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको ६३ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
२०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ ।
विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मर, केबुल र लाइटिङका लगायतका काम सम्पन्न भएका छन । विमानस्थलमा माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ ।
गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ ।
कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।
निर्धारित समयभन्दा ६ महिनाअघि नै काम सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना महामारी र लकडाउनका कारण चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन नसकेकाे प्रमुख मुनाकर्मीले बताए ।
लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले केही निर्माण कार्य पर धकेलिएको उनले बताए ।
विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार रहेका छन् । विमानस्थल निर्माण सामग्रीको भने अभाव नरहेको उनले बताए ।
लकडाउनअघि नै आवश्यक सामान चीनबाट ल्याइएको र केही सामान भारतीय कलकाता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने आयोजना प्रमुख मुनाकर्मीले बताए
Related