कुलमानलाइ पुन नियुक्तिको माग गर्दै सडकमा आर्लिए सर्वसाधारण शुभेच्छा न्यूज /३१ भाद्र २०७७, बुधबार ११:२३ , प्रकाशीत नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नु पर्ने माग गर्दै काठमाडौंका सडकमा सर्वसाधरणले प्रदर्शन गरेका छन् । काठमाडौंको नयाँ बसपार्कस्थित माछापोखरीमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् । सडकमा उत्रिएर प्रदर्शन गरेका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई फालेर अन्य ब्यक्ति नियुक्त गर्न लागिएको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्याउन माग गरेका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नु पर्ने माग गर्दै काठमाडौंका सडकमा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।
काठमाडौंको नयाँ बसपार्कस्थित माछापोखरीमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् ।
सडकमा उत्रिएर प्रदर्शन गरेका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई फालेर अन्य ब्यक्ति नियुक्त गर्न लागिएको भन्दै आक्रोश पोखेका छन् ।
उनीहरुले हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११
अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहोर्याउन माग गरेका छन् ।
Related