कोभिड जोखिमका कारण बन्द रहेका नेपालका होटलहरु असोज १ गतेबाट खुल्ने भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले होटलहरु खुल्ला गर्ने निर्णय गरेको प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
सरकारले जारी गर्ने स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गरी होटलहरु खुल्ला गर्ने निर्णयमा सरकार पुगेको हो । ट्रेकिङ र रेष्टुरेन्ट व्यवसाय पनि असोज १ बाटै खुल्नेछन् ।
आन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक बसहरु पनि असोज १ गतेबाटै सञ्चालनमा आउनेछन् ।
लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीवारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन् ।
गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महीनाको २८ गतेदेखि पुनः बन्द भएका थिए ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै तयारी थालिएको जानकारी दिए।
कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उनले जानकारी दिए ।
होटल मात्र खुलेर पर्यटक नआउने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उनको भनाइ छ ।
दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरु गर्ने तयारीमा व्यवसायी रहेका छन् ।

pic sudarsan ranjit
Related