• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

श्रीमतीले अर्कैको गर्भ बोकेको भन्दै श्रीमानको मिडियामा बिलौंना भन्छन् अर्कैको गर्भ बोकेकी छ म के गरौँ’

  •    शुभेच्छा न्यूज  /१ आश्विन २०७७, बिहीबार १९:२९ ,  प्रकाशीत
  • समाजमा अनौठो घटना हुने गरेका छन् ।

    आफ्नो श्रीमती गर्भवती भएपछि उनका श्रीमान म अन्यायमा परेँ भन्दै मिडियो बोलाएका छन् ।

    वैदेशिक रोजगारीका लागि भारत गएका उनी असारमा घर आउँदा आफ्नो श्रीमती गर्भवती भएको देखेपछि उनी अचम्म परेका थिए ।

    दाङको हापुरमा रहेकी ति महिलाको गाउँकै एक युवाको गर्भ रहेपछि उनका श्रीमान म अन्यायमा परेँ भन्दै मिडिया बोलाएका हुन् ।

    मंसिरमा रोजगारीका लागि भारत गएका उनी असारमा आउँदा गर्भवती भएको श्रीमती देखेपछि उनी अचम्म परेका हुन् ।

    श्रीमानले श्रमतीको ठुलो पेट देखेपछि के हो यो ? भनेर प्रश्न गरेका थिए । त्यतीबेला अर्कैको गर्भ हो भनेकी श्रीमतीले प्रहरी कार्यालयमा पुगेपछि भने श्रीमानकै हो भनिदिइन् ।

    श्रीमानले म घरमा थिइन, यो सन्तान मेरो होइन भन्दा प्रहरीले प्रमाण मागे ।

    उनका श्रीमान भन्छन्, ‘म भारत गएको आएको टिकट मागे, भारतमा जहाँ काम गरेको हो त्यहाँको हाजिरी लिएर आइज भने ।

    मलाई यस्तो होला भन्ने के थाहा ? अब यतिबेला प्रमाण कसरी ल्याउने ?’ प्रहरीलाई प्रमाण दिन नसकेका कारण उनी अहिले अर्कैको गर्भ बोकेकी श्रीमतीसंगै बसेका छन् ।

    श्रीमतीले मिडिया सामु पनि आफ्नो पेटमा भएको बच्चा आफ्ना श्रीमानको नभएको बताएकी छन् ।

    आफुलाई गर्भवती बनाउने युवाले ध म्की दिएका कारण प्रहरी कार्यालयमा झुटो बोलेको उनको भनाई छ ।

    ति युवाले पैसा समेत दिने भनेर आश्वासन दिएका थिए । तर पैसा समेत नदिएको उनको भनाई छ ।

    प्रहरी कार्यालयमा श्रीमानले प्रमाण जुटाउन नसकेपछि श्रीमती र यो बच्चालाई म आफै पाल्छु भनेर कागज बनाएर घर फर्किएको बताएका छन् ।

    यता श्रीमानले भने मलाई अब त्यो केटाको पैसा पनि चाहिन्न यो श्रीमती पनि चाहिन्न भनेका छन् ।

     

    https://youtu.be/Fu1C-kn3ocU

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.