पोखरामा ४० जना प्रहरी सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि
"प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३२८० "
तपाईको प्रतिक्रिया





पोखरामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
बिहिबार पोखराका ६६ जना सहित गण्डकी प्रदेशमा ७४ जना संक्रमित थपिएका हुन ।
स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार निर्देशनालयका अनुसार पोखरा १५ का ४० जना प्रहरीसहित ६६ जनामा कोरोना संक्रमण देखिएको हो ।
२० वर्ष देखि ४८ वर्ष उमेर समुहका ३९ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरु एक ३६ वर्षिया महिला प्रहरीमा सङक्रमण पुष्टि भएको जनाएको छ ।
त्यसै गरि निर्देशनालयले पोखरा ४ का २० र ५३ वर्षिया महिला, पोखरा ८ का ३८ वर्षिया महिला तथा २१, ३४ र ३९ वर्षिय पुरुष,
पोखरा १० का १९ वर्षिय पुरुष तथा २६ वर्षिया महिला, पोखरा १४ का ३५ वर्षिय पुरुष, पोखरा १५ का १८, २१, ३५, ३७ र ३९
वर्षका पुरुष, पोखरा १७ का ३७ वर्षिय पुरुष, पोखरा २३ का १३ वर्षिय वालक, पोखरा २७ का १५ र १८ वर्षिय पुरुष, पोखरा २९
का ४० वर्षिय पुरुष तथा २५ वर्षिया महिला, पोखरा ३१का ३५ र ५० वर्षका पुरुष तथा ४३, ४५ र ७२ वर्षिया महिला एवम पोखरा
३३ की ४३ वर्षिया महिलामा कोरोना सक्रमण देखिएको जनाएको छ ।
निर्देशनालयले तनहुँ वन्दिपुरका २१ र २५–२५ वर्षका २ पुरुष तथा लम्जुङ वेशीसहरका १९, २७, २९ ३१ र ४० वर्षका पुरुषमा पनि
कोरोना सङक्रमण देखिएको जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३२८० पुगेको छ ।
Related