• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा कोरोना नियन्त्रणका लागि ४ करोड २२ लाख खर्च

  •    शुभेच्छा न्यूज  /१ आश्विन २०७७, बिहीबार १४:५८ ,  प्रकाशीत
  • पर्वतमा कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा रू ४ करोड २२ लाख ४३ हजार ४७ खर्च भएको छ ।

    चैतदेखि भदौसम्म राहत वितरण, आइसोलेसन, क्वारेन्टिन, औषधि खरीदलगायत शीर्षकमा ७ ओटा स्थानीय तहले गरेको खर्च

    सार्वजनिक गरेका छन् ।

    सबैभन्दा बढी कुश्मा नगरपालिकाले रू. १ करोड १८ लाख ९५ हजार खर्च गरेको छ । जिल्लाभरका कोरोना संक्रमित कुश्मामा

    व्यवस्थापन गर्नुपरेकाले कुश्माको खर्च धेरै देखिएको छ ।

    नगरपालिकाले आइसोलेसन, क्वारेन्टिन, राहत वितरण, मास्क वितरण, व्यक्तिगत सुरक्षात्मक उपकरण ९पीपीई० खरीदमा धेरै

    रकम खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिए ।

    पंगेनीका अनुसार कोरोना भाइरसको संक्रमणपछि कोरोना कोष र प्रकोप नियन्त्रण कोषमा जम्मा भएको रू। २ करोड ६३ लाख ५

    हजारमध्ये रू। १ करोड १८ लाख ९५ हजार खर्च भएको हो ।

    यस्तै फलेवास नगरपालिकाले रू ९९ लाख ६७ हजार ६०० राहत कोषमा जम्मा गरेकामा कोरोना रोकथाममा रू ६३ लाख ६७ हजार

    खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।

    यस्तै जलजला गाउँपालिकाले रू। ६१ लाख २९ हजार खर्च गरेको छ ।

    सबैभन्दा बढी विपन्न वर्गलाई लक्षित गरी गरिएको राहत वितरणमा २३ लाख ३० हजार खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

    गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रू ५७ लाख २४ हजार जम्मा भएको थियो ।

    गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०को पहलमा हिमाली बालकल्याण संस्था मञ्च ललितपुरमार्फत २९ लाख मूल्य

    बराबरको खाद्यान्न पालिकाको विभिन्न वडामा वितरण भएको छ ।

    यसैगरी मोदी गाउँपालिकाले हालसम्म साढे ३९ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले

    बताए ।

    राहत सामग्री, क्वारेन्टिन निर्माण, सवारी भाडा, अस्थायी कोरोना अस्पतालमा साझेदारी, प्रचार–प्रसारलगायत शीर्षकमा उक्त रकम

    खर्च भएको हो ।

    गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा ४२ लाख ३३ हजार ५०० जम्मा भएको थियो ।

    त्यसमध्ये गाउँपालिकाले रू १२ लाख जम्मा गरेको थियो । यस्तै बिहादी गाउँपालिकाले रू। ४६ लाख ९७ हजार खर्च गरेको छ ।

    गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालका अनुसार पालिकाले स्थापना गरेका कोरोना कोषमा ८५ लाख २३ हजार ८०० जम्मा भएको थियो ।

    उनका अनुसार अब कोषमा रू। ३८ लाख २६ हजार ६०० बाँकी रहेको छ ।

    पैयुँ गाउँपालिकाले ६५ लाख ७२ हजार ३०० खर्च गरेको छ । राहत कोषमा ८० लाख ७५ हजार ३०० जम्मा भएको थियो ।

    पालिकाको प्रशासकीय अधिकृत जितबहादुर रानाका अनुसार कोषमा १५ लाख २९ हजार बाँकी छ ।

    यस्तै महाशीला गाउँपालिकाले २६ लाख १७ हजार खर्च गरेको छ ।

    पालिकाको कोषमा ३६ लाख ४८ हजार ४०० रकम जम्मा भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.