पोखराबाट जवरजस्ती चन्दा उठाएको आरोपमा २ पक्राउ
"विप्लव समुहको अखिल क्रान्तिकारीमा आवद्ध २ युवक पक्राउ "
तपाईको प्रतिक्रिया





पोखराबाट जवरजस्ती चन्दा उठाएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार प्रहरीले जबरजस्ती चन्दा उठाएको आरोपमा पोखराको लेकसाइस्थित हल्लनचोकबाट विप्लव समुहको अखिल क्रान्तिकारीमा आवद्ध २ युवकलाई पक्राउ गरेको हो ।
उनीहरुले पार्टीको निर्देशन विपरित ब्यपारीलाई धम्काएर जवरजस्ती चन्दा दिन दबाद दिएपछि ती ब्यवसायीले नेकपा चन्दको
पार्टीकार्यलय कास्कीमा उजूरी गरेपछि पार्टीको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बुझिएको छ।
विप्लव समुहको अखिल क्रान्तिकारीमा आवद्ध उदयपुर त्रियुगा ७ मोतिडाँडा घर भई काठमाण्डौ तारकेश्वर ७ मनमैजु बस्ने २७
वर्षीय ध्वज बहादुर रावत र रोल्पा गंगादेबी २ घर भई काठमाण्डौ १६ गोङबु बस्ने २२ वर्षीय राम कुमार डाँगी चन्दा संकलन गर्दै
गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता डीएसपी सुबास हमालले जानकारी दिए।
प्रहरीले उनीहरुको साथबाट नेकपा बिप्लव समुहको केन्द्रिय समितिको नगदी रसिद , १ लाख नगद, ४ वटा मोबाइल र एउटा मोटरसाइकल बरामद गरेको डीएसपी हमालले बताए।
पक्राउ परेका बिरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related