पोखरा सहित गण्डकी प्रदेशमा थप ३० जना कोरोनामा भाइरस संक्रमण पुष्टि
"संक्रमितको कुल सख्ंया ३ हजार ३ सय २१ "
तपाईको प्रतिक्रिया





पोखरामा २ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा १ का ३८ वर्षीय पुरुष तथा ३ का ५४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित २ जनाले नै पे–क्लिनिकमा परीक्षण गराएका थिए । यता नवलपरासीका २६ जनालाई संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टिहुनेमा कावासोतीका १५ तथा गैंडाकोटका ११ जनालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ३ जना भारतबाट आएका हुन् । उनीहरु अहिले क्वारेन्टिनमा नै रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यस्तै तनहुँका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना नै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का पुरुष हुन् ।
संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल सख्ंया ३ हजार ३ सय २१ पुगेको छ ।
Related