पोखरामा २३ सहित गण्डकीमा ५१ संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार ४०२
"संक्रमितको संख्या ३ हजार ४०२ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पोखरा क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा पोखरा महानगरमा १३ सहित गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका हुन् ।
निर्देशनालयले पोखरा महानगरका ७ वटा वडाका १० पुरुष र ३ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
त्यसै गरी निर्देशनालयले स्याङजा ५ की ५२ वर्षीया महिला, तनहुँ ब्यास ६ का ३३, ३९ र ६० वर्षीय पुरुष एवं नवलपुर देबचुलीका
७ वर्षीय बालकदेखि ६२ वर्ष उमेर समुहका १६ पुरुष तथा ५ वर्षीया बालिका देखि ८० वर्ष उमेर समूहका १८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय २ पुगेको छ ।
Related