स्याङ्जामा २३ वर्षदेखि फरार अपराधीसहित एकै दिन ४८ जना पक्राउ
"विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेर फरार भएकाहरु "
तपाईको प्रतिक्रिया





जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार ४८ जना फरार अपराधीलाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेर फरार भएकाहरु रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
आइतबार पक्राउ पर्नेहरुमा हाडनाता करणी मुद्दाका २ वर्ष कैद सजाय तोकिएका स्याङ्जा हरिनाश गाँउपालिका–५ का ६४ वर्षीय कर्णबहादुर भट्ट क्षेत्री छन् । उनी २३ वर्ष देखि फरार रहेको प्रहरीले जनाएको छ ।
त्यसरीनै १० वर्षदेखि फरार सवारी मुद्दाका दोषी स्याङ्जा चापाकोट नगरपालिका–४ का भक्त सुनार मगरसहित अन्य ४८ जना छन् ।
प्रहरीले सुरु गरेको फरार अपराधी पक्राउ अभियान अन्तर्गत एक महिनामा ८३ जना पक्राउ परेका छन् ।
Related