नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दुई बर्ष भित्र बृद्धभत्ता पाँच हजार पुग्ने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं बार्षिक साधारण सभा तथा विशेष अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठनागरिकलाई सार्वजनिक यातायातमा सुविधा सहित निशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए।
विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस बर्षमा बृद्धभत्तामा केही बृद्धि गरेपनि लक्ष्यमा पुग्न नसकेको उनको भनाई छ ।
जेष्ठनागरिकले प्राप्त गर्ने सेवा सुविधामा् वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा जोड दिंदै प्रदेश सभा सदस्य थापाले
सामाजिक सुरक्षाका हरेक बिषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे ।
तीनै तहका सरकारले सामाजिक न्याय सहितको विकास निर्माणलाई अघि बढाएको बताउँदै थापाले त्यसको प्रतिफल देखिन भने समय लाग्ने बताए।
असहाय जेष्ठनागरिकलाई पोखरा वृद्धाश्रमले पु¥याउदै आएको सहयोग प्रसंशायोग्य रहेको बताउँदै उनले बृद्धाश्रमको भौतिक पूर्वाधार
विकासका लागि आप्mनो तर्पmवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुम केशव पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी पैmलिएको कोरोना भाइरसको संक्रमणले
प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितीमा पनि सहयोगी दाताहरुको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिए।
पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले भगवान सरहका आमा बाबुलाई घरमै राखेर माया ममता प्रदान गर्नुपर्नेमा जोड दिंंदै
समाजका विपन्न एवम् असहाय जेष्ठ नागरिकका लागि बृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

Related