अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टनका बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारीको साधनाको स्वर्णवर्ष लिपिबद्ध गरिने भएको छ ।
अनेसास केन्द्रीय कार्य समितिले अधिकारीले साधना थालेको ५० वर्ष पुगेको सन्दर्भ पारेर उनी बारेमा भए गरेका अनुसन्धान र लेखिएका आलेखको एकीकृत कृति प्रकाशन गर्न लागेको हो ।
२००३ कार्तिक ३० गतेका दिन पिता नारायणदत्त अधिकारी र माता रूक्मिणा अधिकारीको कोखबाट लमजुङ चन्द्रेश्वर–७, दुराडाँडामा जन्मेका अधिकारी २०२६ सालदेखि निरन्तर साधनामा क्रियाशील छन् ।
दर्जनको संख्या काव्यकृति प्रकाशन गरेका अधिकारीका जूनकीरी (कविता–२०५३) ऐना (कविता–२०५७), तीन लय तेह्र गीत (२०६०)
झटारो (मुक्तक–२०७०) यो कसको हात हो ? (कविता–२०७०) झटारो (अङ्ग्रेजी मुक्तक–२०७२) बिरिमफूल (मुक्तक–२०७३),
लमजुङको सम्झना (भीसीडी), माया (आधुनिक गीतिएल्बम–२०७४) र जूनका टुक्राहरु (अङ्ग्रेजी–नेपाली मुक्तक–२०७७) प्रकाशन भइसकेका छन् ।
गोर्खा दक्षिणबाहुलगायत दर्जन बढी सम्मान पुरस्कार प्राप्त अधिकारी नेपाली मुक्तकलाई अङग्रेजीमा प्रकाशन गर्ने प्रथम प्रयोक्ता हुन् ।
नेपाली मुक्तकको उज्यालोलाई विश्वमा पु¥याएको योगदानको कदर गर्दै अनेसासले उनलाई मुक्तकमणि उपाधिसमेत प्रदान गरेको छ ।
यही साधनाको सम्मान स्वरुप अनेसास केन्द्रीय समितिले ‘साधनाको स्वर्ण वर्ष ः मुक्तकमणि तीर्थराज अधिकारी’ ग्रन्थ प्रकाशन गर्न लागेको हो ।
समितिले उक्त ग्रन्थ सम्पादनका लागि अनेसास गण्डकी समितिका महासचिव असफल गौतम र सदस्य कल्याण पन्तलाई सम्पादक मनोयन गरेको छ ।
सम्पादकद्वयले मनोनयनको पत्र प्राप्तिसँगै साधक, समाजसेवी र सङ्गठकको छवि बनाएका अधिकारीबारेमा हालसम्म लेखिएका र प्रकाशन भएका सामग्री सङ्कलन गरी ग्रन्थ प्रकाशन गरिने बताए ।

Related