• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कन्ट्याक्ट ट्रेसिङमा परेका रेडियो बाराहीका कर्मचारीको रिपोर्ट नेगेटिभ

  •    शुभेच्छा न्यूज  /७ आश्विन २०७७, बुधबार २०:०५ ,  प्रकाशीत
  • रेडियो बाराहीमा कार्यरत् गोविन्द सुवेदी कोरोना संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका सहकर्मीहरुमा कोरोना संक्रमण देखिएन।

    रेडियोमा कार्यरत् ८ जनाको सोमबार स्वाब संकलन गरिएकोमा बुधबार उनीहरुको रिपोर्ट नेगेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

    रेडियोका सहकर्मी गोविन्द सुवेदीमा भदौ ३१ मा कोरोना संक्रमण देखिएपछि रेडियो बाराहीले समाचार शाखा, प्राविधिक शाखामा

    कार्यरत् कर्मचारीहरुलाई रेडियोमै क्वारेन्टाइन राखेर रेडियोका नियमित कार्यक्रम संचालन गर्दैआएको थियो ।

    रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले भने, ‘समाचार शाखाका २ जना र प्राविधिक शाखाका २ जना अफिस क्वारेन्टिनमा र

    बाँकी सबै होम क्वारेन्टिनमा हुनुहुन्थ्यो । आज सबैको रिर्पोट नेगेटिभ आएको छ । आजदेखि रेडियो पूर्ववत् अवस्थामा सञ्चालन हुन्छ।’

    रेडियोमा कार्यरतमध्ये समाचार शाखा प्रमुख प्रदीप पौडेलसहित शशी पौडेल, रोशन अधिकारी, सुभाष आचार्य, रोशनी भण्डारी,

    कामना लामिछाने, मिलन बिक र थमन ठकुरीको रिपोर्ट नेगेटिभ आएको हो ।

    यसैबीच, समाचार प्रमुख प्रदीप पौडेलले समाचार शाखाका सहकर्मी सुवेदीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उता, सुवेदीका श्रीमती, २ छोराहरुमा पनि संक्रमण नभएको पुष्टि भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.