पोखरामा ९ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण
"गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५४८ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप २५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा पोखरामा ९ सहित गण्डकी प्रदेशमा २५ जना नयाँ संक्रमित थपिएका हुन् ।
नया संक्रमितहरु कास्कीका ९ जना, नवलपुरका १, स्याङ्जाका ३, म्याग्दीका १, तनहुँका ४, लमजुङका ५ र बागलुङका २ गरी २५ जना भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५४८ पुगेको छ ।
संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Related