तनहुँको शुक्लागण्डकी-७,कुम्लेखोलास्थित मालेबगरमा एक वृद्धा घरमै मृत अवस्थामा भेटिएकी छिन् ।
पृथ्वीराजमार्ग छेउको घरमा एक्लै बस्दै आएकी ६५ बर्षिय तेजकुमारी ढकाल शुक्रबार विहान मृत अवस्थामा भेटिएकी हुन् ।दुध पु¥याउन आउनेले घट्नाबारे थाहा पाएपछि स्थानियलाई खबर गरेका थिए ।
स्थानियका अनुसार उनको हातखुट्टा बाँधिएको र भुण्डिएको अवस्थामा थियो । मुखमा कपडा कोचिएको र शरीरका विभिन्न भागमा चोटपटक समेत देखिएको छ ।
घट्नाको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएकाले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख एवं प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।
अहिले घट्नास्थललाई सिल गरेर प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानलाई सहज गराउन पोखराबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक रेग्मीले बताए ।
राजमार्ग छेउ सानो घर बनाएर ढकालले किराना पसल र सानो होटल चलाउँदै आएकी थिइन् ।

Related