पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
पहिरोले सात जना घाइते भएका छन् ।गए राति विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै खसेको पहिरोमा ना.५ ख ७९४० नम्बरको बस पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन खाँडले जानकारी दिए।
माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका–२५ वर्षीय हरिषचन्द केसीको
गएराति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको बताइएको छ। घाइतेमध्ये ४ जनाको भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।
पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि आज बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

Related