शुक्लागण्डकी ७ कुम्लेखोलाकी ६० वर्षिया तेजकुमारी ढकालको हत्या आारोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
शुक्रबार विहान मृत अवस्थामा भेटिएकी ढकालका हत्यारालाई प्रहरीले सात घण्टामा तनहुँको सदमुकाम दमैलीबाट पक्राउ गरेको हो ।
घरभित्रै झुण्डिएको अवस्थामा भेटिएकी ढकालको मृत्यु हेर्दा आत्महत्या जस्तो देखिएको थियो। तर, प्रहरीले हत्या भएको भन्दै अनुसन्धान अगाडी बढाएको थियो ।
मृतक ढकालको घाँटीमा सलको पासो र हातसहित खुट्टा पनि बाँधिएको भेटिएपछि प्रहरीले हत्या भएको भन्दै अनुसन्धान अगाडी बढाएको थियो ।
मृतकको शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट समेत भेटिएको थियो ।
तनहु्ँका प्रहरी प्रमुख एसपी अरुण पौडेल सहितको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान अगाडी बढाएका थिए।
घटनामा संलग्नताको आरोप लागेका गोरखा भिमसेन थापा गाउँपालिका वडा नं. १ बसेनी निवासी ४६ वर्षका शिव गौतमलाई व्यास २ स्थित सहिदगेटबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
हुलिया बदलेर बसेका उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीको भनाई छ ।

Related