पोखराका कर्मचारी र स्वास्थ्यकर्मी सहित गण्डकीमा २८ जनामा कोरोना पुष्टि
"संक्रमितको संख्या तीन हजार ६७३ "
तपाईको प्रतिक्रिया





कास्कीमा १७ जना सहित गण्डकी प्रदेशमा शनिबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लमजुङमा पाँच जना, तनहुँका पाँच जना, मनाङका एक जना संक्रमित थपिएका गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
पोखराका ५३ र ५७ बर्षीय पुरुष स्वास्थ्य निर्देशनालयमा कार्यरत रहेको र ४९ बर्षीय पुरुष पोखरा स्वास्थ्य निर्देशनालयको डब्लुएचओ आइपिडिमा कार्यरत हुन् ।
त्यसैगरी वडा नम्बर ६का २६ बर्षीया महिला राष्ट्रिय बाणिज्य बैंकमा कायरत हुन् । वडा नम्बर १०का ४७ बर्षीय पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
त्यसैगरी कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४का ४५ वर्षीय र ४७ वर्षीय पुरुष प्रहरीमा कार्यरत रहेका छन् ।
मनाङ चामेका ३१ बर्षीय पुरुष पनि नेपाल प्रहरीमा कार्यरत छन् । पोखरा महानगरपालिका वडा नम्बर ७ का २२ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत हुन् ।
कन्ट्रयाक ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् ।यससंगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या तीन हजार ६७३ पुगेको छ।
गण्डकी प्रदेशमा दुई हजार ५५४ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोनाकै कारण ३३ जनाको ज्यान गुमेको छ ।
Related