नेलम्बो नेपालले शनिवार एक कार्यक्रमका बीच पोखरा–१४, बाच्छीबुडुवा स्थित वात्स्यायन वृद्धाश्रममा सहयोग गरेको छ ।
संस्थाले ४१ औ सामाजिक सेवा दिवसको अवसर पारी पाँचौ दिन शनिवार त्यहाँ आश्रित ८ पुरुष वृद्धालाई प्रति व्यक्ति एक वटा ज्याकेट र ९ जना महिला बृद्धालाई प्रति व्यक्ति एक/एक वटा पछ्यौरा वितरण गरेको हो।
सोही कार्यक्रमकाबीच वृद्धाश्रमलाई खुट्टाका सहायताबाट चलाउन मिल्ने २ वटा सेनिटाइजर स्ट्याड,डिटोल सावुन २० वटा, दुई सय थान माक्स, सेनिटाइजर ६ लिटर, जुस ३० वटा गरी जम्मा रु.२६ हजार एक सय ३० वरावरका सामग्री पनि हस्तान्तरण गरिएको छ ।
वृद्धाश्रमका कार्यालय सचिव युवराज वाग्लेलाई नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा.किसन कोइरालाले ति सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा भनाई राख्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्था निरन्तर सामाजिक कार्यमा लागेको बताउँदै हाल
विश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ को विषम् परिस्थितिमा पनि दिनरात नभनी खाद्य सामग्री, स्वास्थ्य सुरक्षाका सामाग्री, वातावरणीय सरसफाईका सामग्री र सचेतनाका कार्यक्रमहरु गर्दै आइरहेको बताए ।
उनले वात्स्यायन वृद्धाश्रमका बुवाआमालाई जाडोको समयमा न्यानो कपडाको अभाव नहोस् भन्ने हेतुले लत्ता कपडा सहयोग गरिएको पनि स्पष्ट पारे।
स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाका अध्यक्ष असफल गौतमले नेलम्बो नेपालले प्रंसशनीय कार्यहरु गर्दै आइरहेको औँल्याए ।उनले नेलम्बो नेपाल अभिभावकको पनि अभिभावक भएर वृद्धाश्रममा पुगी सामाजिक कार्य गरेको भनाई राखे।
नेलम्बो नेपालका कार्यक्रम संयोजक डा. किसन कोइरालाले संस्थाले सप्ताहव्यापी रुपमा ४१ औ. सामाजिक सेवा दिवस फरक फरक कार्यक्रम गर्दै मनाइरहेको जानकारी दिए।
वृद्धाश्रमका कार्यालय सचिव युवराज वाग्लेले नेलम्बोले आफ्नो संस्थामा पटक पटक सहयोग गरेकोमा प्रशम्सा व्यक्त गर्दै प्रचारमुखी भन्दा पनि प्रत्यक्ष लाभ पुग्ने कार्य गरेकोमा नेलम्बो प्रति आभार जनाए।
वृद्धाश्रमका कार्यालय सचिव वाग्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेलम्बो नेपालका जनसम्पर्क सुपरभाईजर भीमप्रसाद भण्डारीले संचालन गरेका थिए।
यसैबीच संस्थाले सेवा दिवसको चौथो दिन शुक्रवार पोखरां १८ निवासी मनोरोगी सन्तबहादुर ढकाललाई औषधि सहयोग गरेको छ।
संस्थाले विगत डेढ वर्ष अघिदेखि उनलाई नियमित खाने औषधी सहयोग गर्दै आइरहेको छ।

Related