जितपुर सिमरा उपमहानगरपालिका १ दुधौरा खोला नजिकै आइतबार बसले स्कूटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यू भएको छ ।
महेन्द्र राजमार्गको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिदा एकै परिवारका तीनको घटनास्थलमै मृत्यु भएको हो ।
सिन्धुलीबाट धनगढी तर्फ जादै गरेको ना ४ ख ७२४४ नम्बरको बसले बिपरित दिशाबाट आई रहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताए ।
घटनामा परि निजगढ नगरपालिका १० लाल टोलका श्रीमान, श्रीमति र १० महिने छोराको मृत्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम कुमार महतोले बताए ।
मृत्यु हुनेमा निजगढ नगरपालिका १० लाल टोलका स्कुटी चालक २६ वर्षीय तिर्थमान स्याङ्गतान, निजका २५ वर्षीय श्रीमति ज्योति स्याङ्गतान र उहाँको १० महिने छोरा आहान स्याङ्गतानको मृत्यु भएको उहाँले जानकारी बताए ।
ठक्कर दिने बसका चालक फरार रहेको उहाँले बताए ।
दुर्घटना भएका दुबै सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

Related