• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटन दिवसमा नाट्टाको सहयोग

  •    शुभेच्छा न्यूज  /११ आश्विन २०७७, आईतवार १८:११ ,  प्रकाशीत
  • ४१ औं विश्व पर्यटन दिवस अवसरमा नेपाल एशोसिएसन अफ ट्रभल एण्ड टुर एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशले पोखरामा विभिन्न कार्यक्रम आयोजना गरी पर्यटन दिवस मनाएको छ ।

    कोरोना भाइरस महामारीको कारण पर्यटन क्षेत्र ठप्प भएको बेला पर्यटन बसपार्क र पर्यटन बोर्ड गण्डकी प्रदेश अगाडि धात धुनका लागि पानीसहितको ट्याङ्की राखिएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

    नाट्टा गण्डकीका पूर्व अध्यक्ष तथा काउन्सिलका संयोजक ओम पाण्डेले साबुनपानीले हात धोएर सो अभियान उद्घाटन गरेका थिए । कार्यक्रममा उनले पोखराबाट भित्रिने र बाहिरिने पर्यटकको लागि सो निकै उपयोगी हुने बताए ।

    पोखरा भित्रिने र बाहिरिनेहरुका लागि सुरक्षा सतर्कताका लागि सो व्यवस्था गरिएको उनले बताए ।

    नाट्टाले आज नै सिटी टुर गाइड एशोसिएसन पोखरालाई १५ हजार नगद दिएको छ भने जिल्ला ट्राफिक कार्यालय कास्कीको भवन निर्माणका लागि ५० हजार रुपैयाँ भवन निर्माण समितिका अध्यक्ष दिलीप श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

    कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि दैनिक ४ वटा पर्यटन बसहरु काठमाडौं, सुनौली जाने गरेको संस्थाका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले बताए ।

    यस अगाडि पोखराबाट दैनिक ३५ वटा पर्यटक बसहरु काठमाडौं, बेशिसहर, सुनौली, सौराहा जाने गरेका थिए ।

    कोरोनाका कारण काठमाडौं बाहेक अन्य क्षेत्रमा पर्यटक बस जान नसकेको कोषाध्यक्ष राजेश पहारीले जानकारी दिए ।

    पर्यटक बसअन्तर्गत ट्राभल क्षेत्रमा हाल ३ अर्बको लगानी छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.