पोखरामा २१ सहित गण्डकी प्रदेशमा ७१ जनामा कोरोना संक्रमण पुष्टि
"निको हुनेको संख्या दुई हजार ५६६ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बागलुङका ३१ जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ।त्यसैगरी लमजुङमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ७४४ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार आइतबार संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा ३ का २७ बर्षीय पुरुष र वडा नम्बर १५का ३८ बर्षीय पुरुष गरि दुई जना नेपाल प्रहरीमा कार्यरत छन् ।
वडा नम्बर ३का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधिन अपार्टमेन्टका लागि काम गर्ने कामदार हुन् । लमजुङको मध्ये नेपाल वडा नम्बर ६का ३५ बर्षीय पुरुष विद्यालयका शिक्षक हुन् ।
बागलुङका सबैजना भारतबाट र केहि जापान, ओमान, दुबई, क्यानडाबाट आई क्वारेन्टाइनमा बसेका छन् । अन्य सबै कन्ट्रयाक ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् ।
प्रदेशमा सक्रिय संक्रयमतको संख्या एक हजार १४५ छ । निको हुनेको संख्या दुई हजार ५६६ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण ३३ जनाको मृत्यु भएको छ।
Related