प्रहरीले छापा मारेर अवैध रुपमा घरेलु मदिरा (रक्सी) बनाउँदै आएका विराटनगर महानगरपालिका–१२ बखरी मंगलबारेका तीन जनालाई नियन्त्रणम लिएको छ ।
रक्सी बनाउने भट्टी सञ्चालन गरेको पाइएपछि प्रहरीले विराटनगर–१२ का कृष्ण तामाङ, शान्ता आले र लक्ष्मी राईलाई नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घरघरमै अवैध मदिरा बनाउने भट्टी सञ्चालन गरेको पाइएपछि विशेष ‘अप्रेशन’ सञ्चालन गरेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले छापा हानेर घरेलु मदिरा बनाउन प्रयोग गरिने लगभग तीन हजार लिटर जाँडा लगायतका कच्चा पदार्थ बरामद गरेको छ ।
एसपी सन्तोष खड्काका अनुसार ४० लिटर घरेलु मदिरासहित मदिरा बनाउन प्रयोग गरिँदै आएका भाँडावर्तन पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीले एक दर्जन घरमा एकै पटक छापा मारेको थियो ।
Related