• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा जेसिजद्धारा शैक्षिकसामग्री हस्तान्तरण

  •    शुभेच्छा न्यूज  /१२ आश्विन २०७७, सोमबार १८:०४ ,  प्रकाशीत
  • पोखरा जेसिजले सडक बालबालिकाहरुलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

    अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित फुलवारी श्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको हो ।

    पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रम अनतर्ग दोस्रो दिन सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे ।

    सडकमा रहने बालबालिका मात्र नभई उनीहरुलाई पाउने कतिपय आमाहरु समेत सडकमै रहने गरेको बताउँदै कुवँर त्यसता महिलाको समेत उद्धार गरी सिपमुलक तालिम दिएर जिविकोपार्जनको बाटो देखाउन आवश्यक रहेको बताए ।

    ३२ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बालबालिकालाई राख्ने आवास गृह, तालिम हल समेत रहेको छ ।

    गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा अन्नपुर्ण गाउँपालिकाको सहयोगमा सो क्षेत्रमा पुग्ने बाटो सहित किचन तथा आवस समेत निमार्ण भएको श्रोतकेन्द्रका प्रमुख रामचन्द्र शर्माले जानकारी दिए ।

    २५ वर्ष देखि सरकारसंग हातेमालो गर्दै आइरहेको केन्द्रले ३७ प्रतिशत आम्दानी आफैले गर्दै आइरहेको छ । हाल सोहि केन्द्रको सहयोगमा करिब ५ सय विधार्थीले विभिन्न १ सय ६८ विधालयमा अध्ययन गर्दै आइरहेका छन ।

    कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम संयोजक मिनराज खड्का, पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटा, संयोजक कपिल पौडेल, प्रिति मगर लगायतले आफ्नो भनाइ राखेका थिए ।

    हाल श्रोतकेन्द्रमा १४ बालक, ३ बालिका र एक वयस्क व्यक्ति रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.