पोखराको महेन्द्रपुलबाट अवैध लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं – ८ डढुआ घर भइ हाल पोखरा महानगरपालिका ९ महेन्द्रपुल डेरामा बस्दै आएका २७
वर्षीय सन्तोष परियार अवैध लागुऔषध नुर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
परियारले अवैध लागुऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध वरामद गरेको हो ।
पक्राउ परेका परियारमाथी थप अनुसन्धान भैरहेको ब्यूरोले जानकारी दिएको छ ।

Related